बारा २ इनर्वा बुथमा जसपा र जनमतका कार्यकर्ताबीच लफडा, केहीबेर मतदान अवरोध (भिडिओ) – Nepal Press

बारा २ इनर्वा बुथमा जसपा र जनमतका कार्यकर्ताबीच लफडा, केहीबेर मतदान अवरोध (भिडिओ)

बारा । बारा २ को महागढीमाई नगरपालिकाको इनर्वा बुथमा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले लफडा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले विरोध गरेका छन् ।

जसपाका कार्यकर्ताहरूले आफ्ना समर्थकलाई मात्र भित्र छिर्न दिएर अरुलाई रोकेको भन्दै जनमतका कार्यकर्ताले विरोध गरेपछि दुई पक्षबीच हात हालाहालसमेत भएको छ । यहाँ केहीबेर मतदान अवरोधसमेत भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले इनर्वा बुथमा विवाद भएको भन्दै अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘त्यहाँ थप सुरक्षाकर्मी पठाएका छौं । मतदान सुरू भइसकेको छ ।’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारतसँगको सीमावर्ती क्षेत्रका केही केन्द्रमा स्थानमा प्रशासनसँग मिलेर जसपा कार्यकर्ताले बुथ कब्जा गरेको आरोपसमेत लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर