संसदमा ज्ञानेन्द्र शाहीको घोषणाः मासिक पारिश्रमिकबाट ३ हजार रूपैयाँ खेलाडीका लागि छुट्याउने (भिडिओ) – Nepal Press

संसदमा ज्ञानेन्द्र शाहीको घोषणाः मासिक पारिश्रमिकबाट ३ हजार रूपैयाँ खेलाडीका लागि छुट्याउने (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो मासिक पारिश्रमिकबाट तीन हजार रूपैयाँ खेलाडीका नाममा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आजको संसद बैठकमै सो घोषणा गरेका हुन् ।

शाहीले प्रदेश सांसदहरूलाई पनि मासिक तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गर्न आग्रह गरे । यदि ८८४ जनाले खेलाडीका लागि ३ हजार जम्मा गर्ने हो भने २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध हुने र यसले देशको नाम संसारभर चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

शाहीले प्रदेश संरचना खारेज गर्न पनि संसद बैठकमा आग्रह गरेका छन् । साथै प्रत्यक्ष सांसदहरूको संख्या १६५ बाट १०५ मा झार्न पनि उनले प्रस्ताव गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर