गुरु घिमिरेको प्रश्न- कर्मचारीलाई तलब खुवाउन ऋण गर्नेले कसरी देश विकास गर्छन् ? – Nepal Press

गुरु घिमिरेको प्रश्न- कर्मचारीलाई तलब खुवाउन ऋण गर्नेले कसरी देश विकास गर्छन् ?

इलाम । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कर्मचारीलाई तलब खुवाउन ऋण लिने दलहरूले देश विकास गर्न नसक्ने बताएका छन् ।

इलाममा जारी इलाम साहित्य महोत्सवमा ‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षक प्यानलमा बोल्दै घिमिरेले काङ्ग्रेस कम्युनिस्ट र अरू सबै दलहरू अहिलेको अवस्थामा जिम्मेवार हुने बताएका छन् ।

‘अस्ति सरकारका उच्च ओहोदाका मान्छेको अन्तर्वार्ता सुनेको थिए । उनी कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै थिए’, घिमिरेले भने, कर्मचारीलाई तलब खुवाउन ऋण लिनेले देश कसरी विकास गर्छन् ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर