दीपक शर्माको संगीत रहेको ‘सेल्फी मोवाइल’ मा प्रिज्मा-प्रिन्सी सँगसँगै – Nepal Press

दीपक शर्माको संगीत रहेको ‘सेल्फी मोवाइल’ मा प्रिज्मा-प्रिन्सी सँगसँगै

काठमाडौं । गीतकार तथा संगीतकार दीपक शर्माको संगीत रहेको सेल्फी मोवाइल बोलको गीतको भिडिओ रिलिज गरिएको छ । संगीतकार शर्माको दर्शन सलाम बोलको गीतले लोकप्रियता कमाइरहेका बेला रिलिज गरिएको सेल्फी मोवाइलले सकारात्मक प्रतिक्रिया पाइरहेको उनले बताए । गीतकार ज्ञानेश्वर तिवारीको शब्द रहेको सार्वजनिक गीतमा गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर छ । जसमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

डान्सिङ शैलीको रोमान्टिक सेल्फी मोवाइलमा दुई जोडीले खुशी साथ प्रेमालाप गरेका दृश्य देख्न सकिन्छ । चर्चित टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय रहेको गीतको भिडिओको निर्देशन माधव शर्माले गरेका हुन् ।

भिडियोले खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई देखाएको छ । जसको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडिओ ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

गीतकार तिवारीका यसअघि राष्ट्रिय भावनाले ओतप्रोत गीत मनपराए तिमीलाई, बिहानीको मिर्मिरेमा बोलका गीतहरु बजारमा आइसकेका छन् । आँफै गीत शृजना गरेर भिडिओ निर्मणमा रुचि राख्ने तिवारी नयाँ नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न अग्रसर हुने गीतकार र निर्माता हुन् ।

पर्यटकीय नगरी कास्कीको राजाका चौताराका गीतकार तिवारी हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै आइरहेका छन् । भिडिओको निर्माण अम्बिका अधिकारीले गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *