राष्ट्रिय युवा संघ नेपालको आगामी नेतृत्वको सवाल – Nepal Press

राष्ट्रिय युवा संघ नेपालको आगामी नेतृत्वको सवाल

एमाले, कांग्रेस, माओवादी सायद यो नाम नसुन्ने नेपालीहरु भेटिन गाह्राे पर्ला । राष्ट्रिय युवा संघ नेपाल, तरुण दल, वाईसीएल यी नाम माथिका भन्दा कम सुनिने नाम हुन् । यीमध्ये राष्ट्रिय युवा संघ नेपालको नाम धेरैले सुनेको हुनुपर्छ । यी नाम एमाले, कांग्रेस र माओवादीका युवा संगठनको हो । यीमध्ये राष्ट्रिय युवा संघ नेपालले आफ्नो मूलमन्त्र नवीनता, सृजनशीलता र गतिशीलता बनाएको छ । कोभिड महामारी चलिरहेको थियो । लकडाउनको समय थियो । २०७८ जेठ १७ गते राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भयो । जुम माध्यमबाट सञ्चालित पूर्ण बैठकबाट केन्द्रीय अध्यक्षमा किरण पौडेल चयन हुनुभयो । त्यसपश्चात संघले नवीनता र सृजनशीलताका साथ आफूलाई गतिशील बनायो ।

संघले २०७९ असार ४ गते ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गरेको थियो । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडेक्टिभ इंगेजमेन्टका लागि प्रतियोगिता आयोजना गरिएको थियो । यसको उद्देश्य युवाहरुको प्रतिभा पहिचान, प्रस्फुटन र प्रवर्द्धन गर्ने थियो । उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला-संस्कृति र मनोरञ्जन विषयमा रही ५ मिनेटसम्मको फिल्म बनाउनु नियम बनाइएको थियो ।

वर्तमान विश्वको प्रमुख मुद्दा जलवायु परिवर्तनलाई संघले आफ्नो कार्यक्रममा समावेश गरेको छ । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै काठमाडौं फोहोरले भरिरहेको थियो । जताततै फोहोरको डुङ्गुर, दुर्गन्धको सास्ती जनताले भोगिरहेका थिए । फोहोरका कारण विभिन्न महामारी फैलिने अवस्था थियो । महानगर प्रमुख बालेन शाहको तीव्र आलोचना भइरहेको थियो । महानगर फोहर उठाउन असफल भइरहेको थियो । त्यसै बखत राष्ट्रिय युवा संघले सरसफाइ अभियान आयोजना गर्‍यो । दबाबमूलक हिसाबले अभियान चलाइएको थियो । नेतृत्व स्वयं फोहोरको डुङ्गुरभित्र पसेको थियो । काठमाडौंभित्र रहेका कार्यकर्ताहरुलाई अभियानमा परिचालित गरियो । काठमाडौंका फोहोरको डुङ्गुर र दुर्गन्घ घट्न थाले । स्थानीय, कर्मचारी र विभिन्न सरोकारवालाहरुले फोहोर व्यवस्थापनमा संघसँग सहयोग माग्न थाले । अभियान ११ दिनसम्म निरन्तर चल्यो ।

संघमा हजारौं नवीनता र सृजनशिलताका उदाहरण छन् । सबैको यहाँ व्याख्या गर्न सम्भव छैन । राष्ट्रियता, जनजीविका र सुशासनका विभिन्न मुद्दामा भएको आन्दोलनमा पनि संघले नवीनता र सृजनशीलताको प्रयोग गर्दै आएको छ ।

विभिन्न मिडिया, सर्वसाधारण र अभियन्ताहरुबाट संघले स्याबासी पायो । संघले वैज्ञानिक तवरबाट कुहिने र नकुहिने फोहोर अलग गरेर व्यवस्थापन गरेको थियो । आफ्नै स्रोत र साधन प्रयोग गरी अभियान चलाएको थियो । २०७९ फागुन ११ गतेदेखि १७ गतेसम्म संघले ‘केपी ओली कप’ राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्‍यो । युवाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदका विभिन्न विधाहरुमा क्रियाशील र प्रतिस्पर्धी बनाउन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताले राष्ट्रियस्तरमा समग्र फुटबल खेल क्षेत्रको विकास, प्रवर्द्धन गर्ने लक्ष्य लिएको थियो । नेपालका ८ वटा ‘ए डिभिजन’ टीम र स्वदेश तथा विदेशका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका थिए । प्रतिस्पर्धामा पहिलो मच्छिन्द्र फुटबल क्लब र दोस्रो सातदोबाटो युथ क्लब भए । प्रतियोगिता राष्ट्रिय फुटबल प्रतिस्पर्धाको फोरम बन्न सफल भयो । यसले राष्ट्रिय युवा संघलाई नयाँ विधामा सफल प्रमाणित गर्‍यो ।

यी माथिका केही गतिविधिमात्र हुन् । जुन संगठनभित्र नवीन प्रयोग अनि सृजनशीलताले भरिपूर्ण थिए । माथिका सबै नेपालकै इतिहासमा रेकर्ड ब्रेकिङ कार्यक्रम हुन् । यसका अलावा संघमा हजारौं नवीनता र सृजनशिलताका उदाहरण छन् । सबैको यहाँ व्याख्या गर्न सम्भव छैन । राष्ट्रियता, जनजीविका र सुशासनका विभिन्न मुद्दामा भएको आन्दोलनमा पनि संघले नवीनता र सृजनशीलताको प्रयोग गर्दै आएको छ । नेकपा नेतृत्वको जनादेशको सरकारलाई विभिन्न आरोप लगाइरहेको थियो । देशी तथा विदेशी शक्तिहरु एमालेविरुद्ध खनिएका थिए । पार्टीलाई कमजोर पार्न विभिन्न षड्यन्त्रका तानाबाना बुनिँदै थियो । पार्टी कमजोर हुँदा राष्ट्रियता कमजोर हुने, जनजीविका र सुशासनका मुद्दा ओझेल पर्ने निश्चित थियो । जनस्तरबाटै घेराबन्दीको प्रतिवाद गर्न आवश्यक थियो । त्यसका लागि राष्ट्रिय युवा संघ नेपालले युथ फोर्सलाई अद्यावधिक साथ निर्माण गरेको थियो ।

राष्ट्रिय युवा संघ नेपालका हरेक गतिविधि रहरलाग्दा भए । एजेन्डा, उद्देश्य, संख्यात्मक उपस्थिति विभिन्न कोणबाट ऐतिहासिक बने । दुई वर्षमा १०० दिनभन्दा बढी राष्ट्रियता, जनजीविका, सुशासनलगायतका विभिन्न मुद्दामा सडक संघर्ष गरेको थियो संघर्ले । स्थानीय निर्वाचन नगर्ने चलखेल, अस्वाभाविक मूल्यवृद्धि, मन्त्रीको आपराधिक अभिव्यक्ति, नेपाली भूमिमा भारतले गरेको सडक निर्माणका विषयमा देशव्यापी आन्दोलन भएको थियो । २०७८ माघ १५ गते सुरु भएको आन्दोलन ४५ दिनसम्म निरन्तर चल्यो । ओली सरकार र पार्टीविरुद्धको घेराबन्दी, राष्ट्रघाती कदमविरुद्ध संघले सशक्त प्रतिवाद गर्‍यो । विजयकुमार गच्छदार र अफताव आलमको पूर्वस्वागतको लागि व्यङ्ग्यात्मक प्रदर्शन गर्‍यो । महिला युथ फोर्स घोषणा गर्‍यो । जयसिंह धामीको महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीद्वारा तुइन काटी हत्या भएको घटनाको घोर विरोध गर्‍यो । करिब १२ लाख भूमिहीन तथा सुकुमबासीहरुको समस्या समाधानको निम्ति तयारी गरिरहेको भूमि समस्या समाधान आयोग खारेज गर्ने जनघाती निर्णयको सशक्त विरोध गर्‍यो । पार्टी फुटाउने षडयन्त्रकारी अध्यादेशविरुद्ध आन्दोलन गर्‍यो । अफगानिस्तानमा नेपाली अलपत्र हुँदा, नेपाली आकाशमा विदेशी हेलिकप्टर उड्दाको चकमन्न स्थितिमा टर्च लाइट बालेर सरकार खोज्न सडकमा निस्क्यो । स्थानीय निर्वाचन नगर्ने चलखेल, अस्वाभाविक मूल्यवृद्धि, मन्त्रीको आपराधिक अभिव्यक्ति, नेपाली भूमिमा भारतले गरेको सडक निर्माणका विषयमा देशव्यापी आन्दोलन गर्‍यो ।

लेनिनात्मक सांगठनिक प्रणालीमा विश्वास गर्ने हामीले ‘व्यक्तिले संगठन होइन, संगठनले व्यक्ति परिचालन गर्ने’ कुरामा विश्वास गर्नुपर्छ । तर, इतिहासले कुशल नेतृत्व र टीमले मात्र संगठनलाई सही बाटोमा डोर्‍याउने प्रमाणित गरेको छ ।

सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्यवृद्धि र अव्यवहारिक रवैयाविरुद्ध आन्दोलन गर्‍यो । यसमा भएको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्‍यो । राहदानी वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्न परेको चरम सास्तीविरुद्ध राहदानी विभाग घेराउ तथा ध्यानाकर्षण गर्‍यो । अर्थमन्त्रीले अनधिकृत व्यक्ति समावेश गरी बजेट हेरफेर गरेको राष्ट्रघाती कदमविरुद्ध विशाल जुलुस गर्‍यो । सवारीचालक अनुमतिपत्र वितरणमा भएको अनियमितता, लापरबाही र ढिलासुस्तीविरुद्ध कार्यालय घेराउ तथा ध्यानाकर्षण गर्‍यो । हतियार खरिद प्रकरणविरुद्ध विरोध प्रदर्शन गर्‍यो । गृहमन्त्रीको आडमा मच्चाइएको राज्य आतंक र निर्वाचित जनप्रतिनिधिमाथि भएको प्रहरी ज्यादतीविरुद्ध नगरपालिका घेराउ तथा विरोध प्रदर्शन गर्‍यो । राष्ट्रघाती नागरिकता विधेयकविरुद्ध विरोध गर्‍औयो । यी सबै आन्दोनका कार्यक्रम राष्ट्रवादी, न्यायप्रेमी र जनसमुदायका लागि रहरलाग्दा र भरलाग्दा गतिविधि हुन् । त्यस्तै यथास्थितिवादी, सामन्त, दलाल पूँजीवादीहरुका लागि डरलाग्दा गतिविधि हुन् । यो दुई वर्ष रहरलाग्दा नवीनता र सृजनशीलताले भरिएको अनि भरलाग्दा र डरलाग्दा गतिविधिले गतिशील भए ।

यही चैत २७, २८ र २९ मा राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा हुँदैछ । ४० वर्ष उमेर हदको वैधानिक व्यवस्था भएकाले हालको नेतृत्व दोहोरिने अवस्था छैन । महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेछ । हामी गन्तव्यमा पुगिसकेका छैनौं । नवीनता र सृजनशीलताका साथ संघलाई थप गतिशील बनाउँदै समाजमा सकारात्मक परिवर्तनका लागि भूमिका खेल्नुपर्नेछ । यसका लागि सोहीअनुसारको नेतृत्व र टीम आवश्यक हुन्छ । हुन त लेनिनात्मक सांगठनिक प्रणालीमा विश्वास गर्ने हामीले ‘व्यक्तिले संगठन होइन, संगठनले व्यक्ति परिचालन गर्ने’ कुरामा विश्वास गर्नुपर्छ । तर, इतिहासले कुशल नेतृत्व र टीमले मात्र संगठनलाई सही बाटोमा डोर्‍याउने प्रमाणित गरेको छ । यसका लागि देशभरबाट संगठित सदस्यको प्रतिनिधित्व गरेर आउने प्रतिनिधि र नेता कार्यकर्ताले कुशल नेतृत्व र टीम चयन गर्नुपर्छ ।

(सिलवाल राष्ट्रिय युवा संघ नेपालका पर्यटन विभाग प्रमुख हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *