रास्वपाका गणेश कार्कीले दिए बारा २ निर्वाचन संयोजकबाट राजीनामा – Nepal Press

रास्वपाका गणेश कार्कीले दिए बारा २ निर्वाचन संयोजकबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा २ निर्वाचन संयोजक गणेश कार्कीले राजीनामा दिएका छन् । उपचुनावका गतिविधीहरुमा हदसम्म सरिक रहने भन्दै निर्वाचन संयोजकबाट राजीनामा दिएका हुन् । उनी रास्वपाको केन्द्रीय सदस्यसमेत छन् ।

उनले उपनिर्वाचन संयोजकको जिम्मेवारी बहन गर्न नसक्दै पार्टी सभापति रवि लामिछानेलाई पत्र लेखेका छन् ।

उनले पार्टी सभापति लामिछानेलाई लेखेको पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभाको गत निर्वाचनमा मैले निभाएको भुमिकाबाट प्राप्त मेरो अनुभवलाई यसपटकको उपचुनावमा फेरि पनि प्रयोग गर्ने उद्देष्यलाई मप्रतिको विश्वास र सदभाव मानेको छु । यसका लागि केन्द्रीय समितिप्रति कृतज्ञता प्रकट गर्दै व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीबहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजिनामा दिएको छु । स्वीकार गरिदिनु हुन अनुरोध छ ।’

नेता कार्की पार्टी नेतृत्वको पछिल्ला निर्णयप्रति असन्तुष्टि पोख्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर