कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन दिए निवेदन – Nepal Press

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन दिए निवेदन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिन प्रदेश सभाका प्रमुखलाई निवेदन दिएका छन् । उनले चैत १७ गते शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मतको प्रबन्धन मिलाइदिन भन्दै निवेदन पेश गरेका हुन् ।

मुख्यमन्त्री शर्मालाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए । राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिन लागेका हुन् ।

राष्ट्रिय राजनीति पुरानै गठबन्धनमा रुपान्तरण हुँदा राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । ‘मुख्यमन्त्री शर्माले वुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुभएको छ’, प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

कर्णाली प्रदेशमा नेपाली काँग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक एक जना सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर