प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी, केही युवा समातिए (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी, केही युवा समातिए (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीनजना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई पक्रिन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

दुवैजनालाई प्रहरीले भ्यानमा राख्दै गर्दा ‘गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन-यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक
हौं’ भन्दै नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी, केही युवा समातिए (भिडिओ)

  1. जनताको सरकार हुँ भन्नेले युवाको कुरा सुन्ने आँट छैन ? क्रिकेट मैदानमा के भयो ? आज के भयो ? याद गर्दै गर । यस्तै हो भने जनताले छोडने देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर