रास्वपाले उपराष्ट्रपतिमा जनमतकी ममता झालाई भोट हाल्ने – Nepal Press

रास्वपाले उपराष्ट्रपतिमा जनमतकी ममता झालाई भोट हाल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त समझदारी भएको हो ।

रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले बताए । केही नेताहरूले मतदानमा सहभागी हुन नहुने मत राखेका थिए । तर, यसबाट अहिलेको पद्दति नै स्वीकार नगरेको सन्देश जाने भएकाले भोट हाल्ने निर्णय भएको हो ।

निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय भने लिएको छैन ।


प्रतिक्रिया

One thought on “रास्वपाले उपराष्ट्रपतिमा जनमतकी ममता झालाई भोट हाल्ने

  1. राप्रपा भोटै नहाल्ने । रास्वपा ममतालाई हाल्ने । अनि यिनलाई एमालेले बोक्नुपर्ने ? यिनको लागि एमालेले लडिदिनुपर्ने ? एमाले एक्लै यो देश परिवर्तन गर्न सक्छ । यी कसैलाई पनि एमालेले आड भरोसा दिनु आवश्यक छैन । जहाँ गठबन्धन गरेर उम्मेद्वार छोडेको छ त्याहाँ एमालेको पार्टी संगठन खलबलिएको छ । त्यसलाई बनाउन बर्षौं लाग्छ । यी दस थरिका, अरूको निर्देशनमा हिडने, देश लुटनेमात्र ध्यान भएका कुनैलाई पनि साथ लिन आवश्यक छैन । यी सबै दिल्लीका टट्टु हुन जसको देश बनाउने कुनै उद्देश्य छैन । कमाउने, होहल्ला गर्ने र टट्टु बन्ने मात्र हुन यी । त्यसैले केहि समय एमालेले यी सबैको वास्ता नगरेर जनतासँग एकाकार हुने काममा लाग्नु अति आवश्यक छ । साथै, आउने उपनिर्वाचनहरू एक्लै लडनुपर्छ जसवाट आफ्नो सामर्थ्य आँकलन गरेर भावि योजना बनाउन सकिन्छ । तर यी टट्टुहरूले देश र जनतालाई घात गर्ने काम गरे भने यिनलाई दिल्ली पुर्याईदिनु पर्छ । खबरदारी चाहि निरन्तर र्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर