चर्को व्याजदरविरुद्ध आज पनि उद्योग व्यवसायीको आन्दोलन (तस्बिरहरू) – Nepal Press

चर्को व्याजदरविरुद्ध आज पनि उद्योग व्यवसायीको आन्दोलन (तस्बिरहरू)

काठमाडौं । उद्योगी तथा व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरविरुद्ध आज पनि आन्दोलन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर उनीहरूले विरोध जनाएका हुन् । आन्दोलनका क्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए ।

सरकारले व्यवसायीहरूका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने भन्दै उनले राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए । उद्योग व्यवसायीले हिजो पनि चर्को व्याजदरको विरुद्ध आन्दोलन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर