रास्वपाले कसलाई देला भोट ? निर्णय गर्न बैठक बस्दै – Nepal Press

रास्वपाले कसलाई देला भोट ? निर्णय गर्न बैठक बस्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिँदै छ ।

रवि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे सो बैठक बस्नेछ ।

उनले १२ बजे बैठक सकिने बताए ।

रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

One thought on “रास्वपाले कसलाई देला भोट ? निर्णय गर्न बैठक बस्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर