भोजपुरमा एमालेको ‘मिसन ग्रासरुट’ : शहीद परिवार, घाइतेको सम्मानदेखि घरदैलोसम्म – Nepal Press

भोजपुरमा एमालेको ‘मिसन ग्रासरुट’ : शहीद परिवार, घाइतेको सम्मानदेखि घरदैलोसम्म

वैशाख १९ सम्म वडासम्मको अभियान, यसरी बाँडियो जिम्मेवारी

भोजपुर । नेकपा एमाले भोजपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तीव्ररूपमा अघि बढाएको छ । यही फागुन १८-१९ मा सम्पन्न जिल्ला कमिटीको बैठकले वडा तहसम्मको कार्ययोजना बनाएर अभियान सुरू गरेको हो ।

एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईका अनुसार फागुन १८ देखि वैशाख ९ सम्म कार्ययोजना बनाएर जिल्लाका ९ वटै स्थानीय तहमा जिम्मेवारी बाँडाफाँट गरिएको छ ।

‘नेता-कार्यकर्ताबीच र पार्टी-जनताबीचमा सम्बन्ध घनिष्ट बनाउँदै आधारभूत तहमा पार्टीको यथार्थ र वस्तुनिष्ठ जानकारीसहित आगामी रणनीतिका साथ अघि बढ्ने मुख्य उद्देश्य लिएर अभियान थालेका छौं’, राईले भने ।

मिसन ग्रासरुट अभियान कार्ययोजनाअन्तर्गत सबै पालिकामा सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार, अभिलेख अद्यावधिक गरिनेछ । त्यस्तै शहीद परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति र सेल्टरदाताहरूसँग पनि भेटघाट र सम्मान कार्यक्रम राखिएको छ । विभिन्न संघसंस्था, नागरिक समाजका अगुवा, ज्येष्ठ नागरिक, आमा समूह, स्वास्थ्य समूहसँगको घरदैलो भेटघाट र अन्तरक्रियालाई पनि एमालेले कार्ययोजनामा राखेको छ ।

जिल्लाको कृषि उत्पादनको सम्भाव्यता, पर्यटन विकासलगायतलाई पनि मिसन ग्रासरुटमा समेटिएको पार्टीले जनाएको छ । यही साल सम्पन्न स्थानीय, प्रदेश तथा प्रतिनिसभा निर्वाचनका सबल र दुर्बल पक्ष पनि मन्थन हुने अध्यक्ष राईले बताए ।

जिल्ला कमिटी बैठक स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।

तीन दिन चलेको बैठकमा केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज टंक आङबुहाङ, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज हरिबहादुर राई, केन्द्रीय सदस्य तथा सहन्चार्ज पर्शुराम अधिकारी, केन्द्रीय सदस्यहरू किशोर अधिकारी र अईन्द्र सुन्दर नेम्वाङ, सांसद एवं पूर्वमन्त्री हेमराज राईलगायत सहभागी थिए ।

यस्तो ५ वैशाख १९ सम्मका योजना

पालिकास्तरमा जिम्मेवारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर