उपत्यकामा होलीलक्षित ट्राफिक जाँचमा कडाई (तस्बिरहरू/भिडिओ) – Nepal Press

उपत्यकामा होलीलक्षित ट्राफिक जाँचमा कडाई (तस्बिरहरू/भिडिओ)

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको ट्राफिक प्रहरीले जनाएको छ ।

होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो ।

प्रहरी प्रशासनले सतर्ककता अपनाएर होली खेल्न सबैलाई आग्रह गरेको छ ।

होली मनाउँदा ट्राफिक नियम उलंघन हुने र दुर्घटना नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहानैदेखि चोकचोकमा अनुगमन टोली, मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन प्रयोग गरिएको महाशाखाले जनाएको छ ।

अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, हेल्मेट नलगाउने, तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी राखिएको छ ।

बिहानैदेखि मापसे परीक्षणमा पनि कडाई गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *