अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको कतार भ्रमण तय (भिडिओ) – Nepal Press

अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको कतार भ्रमण तय (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी गराइन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने बताइएको छ ।

४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्केने छन् । प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्रालयका अधिकारी पनि जाने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर