च्यासलमा एमाले सचिवालय बैठक सुरू (तस्बिरहरू) – Nepal Press

च्यासलमा एमाले सचिवालय बैठक सुरू (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बैठक सुरु भएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गरिने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेका छन् । प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर