केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा (भिडिओ) – Nepal Press

केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा (भिडिओ)

काठमाडौं । दीपकराज ठकुरीको दुई गोल प्रेरित विभागिय नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पहिलो हाफको इन्जुरी समयमा दीपकराजले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए ।

विभागीय क्लबलाई पहिलो हाफ पूर्णरूपमा दबाबमा राखेको सातदोबाटोले दोस्रो हाफमा रक्षात्मक शैली अपनाएको थियो । पुलिसका प्रवीण थापाले ४८औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
प्रवीणको गोलसँगै खेलमा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । दीपकले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई पुन २-१ को अग्रता दिलाए ।

त्यसपछि थप गोल हुन नसक्दा पुलिस २-१ ले पराजित हुँदै बाहिरिएको थियो ।

केपी ओली कप अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टीम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । भने, दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्ल्ब र चर्च ब्वइज यूनाइटेड भिड्नेछन् ।

आठ टीमको सहभागिता रहेको प्रतियोगिताको समापन १७ गते हुनेछ ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर