दोस्रो एलआइसी मिडिया अवार्ड : कृष्णा ताम्राकारलाई दीर्घ साधना र भुषण दाहाल दशकको उत्कृष्ट पत्रकारिता सम्मान – Nepal Press

दोस्रो एलआइसी मिडिया अवार्ड : कृष्णा ताम्राकारलाई दीर्घ साधना र भुषण दाहाल दशकको उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौं । ड्रिम हाइ नेपालले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन होटेल याक एण्ड यतीमा आयोजना गर्ने दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को तयारी पूरा गरेको छ ।

कूल ११ विधामा नगद राशीसहित प्रदान गरिने अवार्डमा १० विधामा उत्कृष्ट ३ को टप थ्री मनोनयन गरिएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन् । ‘नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ’, जिसीले भने ।

दोस्रो एलआइसी नेपाल मिडिया अवार्ड २०७९ मा सञ्चार तथा सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्व वरिष्ठ संचारकर्मी कृष्ण ताम्राकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) र वरिष्ठ पत्रकार भुषण दाहाललाइ दशकको उत्कृस्ट पत्रकारिता सम्मानबाट सम्मान गरिने जिसीले जानकारी दिए ।

उनका अनुसार दोस्रोपटक आयोजना हुन लागेको मिडिया अवार्डमा सामाजिक विधालाई समेट्दै उद्यमी तथा समाजसेवी लगायतलाई पनि सम्मान गरिने कुरा उनले बताए । टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ ।

मनोनयनमा परेका विधा र उत्कृष्ट ३ को नामावली जुरी समूह को बरियातामा रहने गरि सोहि कार्यक्रम कै दिन सार्वजनिक गरिने कुरा आयोजक ले जनायको छ छ ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेल हुनेछन् । अपराह्न ४ बजेदेखि हुने कार्यक्रममा नेपाली सांस्कृतिक झल्किने खालका प्रस्तुति तथा विभिन्न कलाकार मार्फत प्रस्तुतिसमेत रहनेछ ।

जिसी पछिल्लो समय ५ वर्ष रोकिएको नेफ़्टा फिल्म अवार्ड्स गरिसकेको छन् भने हाल योजना आर्थिक समृद्धिका लागि पर्यटन यात्रा नामक कार्यक्रम चलाउँदैछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *