नेकपा एसका अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता – Nepal Press

नेकपा एसका अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका क्वात्राले अध्यक्ष नेपालको निजी निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन्।

दुई देशबीचको आपसी सम्बन्ध, पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

सोमबार काठमाडौं आइपुगेका क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर