उपत्यकामा सार्वजनिक यातायात ठप्प – Nepal Press

उपत्यकामा सार्वजनिक यातायात ठप्प

काठमाडौं । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात यातायात मजदुरहरूले आज यातायात सेवा बन्द गरेका छन् ।

अहिले उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प रहेको छ । फाटफुट निजी सवारी सञ्चालन भएपनि सडक खाली देखिएका छन् ।

सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।

आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचनामा समेत आगो लगाइदिएका छन्।

बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सोमबार सडक अवरुद्ध गरेका थिए। आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन्।

यस्तै केही प्रदर्शनकारीले लोत्से मलमा रहेका पसलहरु तोडफोड गरेका छन् । उनीहरुले मोबाइल पसलबाट मोबाइल समेत चोरी गरेका भिडिओ सार्वजनिक भएका छनु ।

आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *