विवेकशील साझाको महाधिवेशन जारी (तस्बिरहरु) – Nepal Press

विवेकशील साझाको महाधिवेशन जारी (तस्बिरहरु)

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान १० बजेदेखि सुरु भएको हो ।

विभिन्न आरोह अवरोहबाट गुज्रिएको पार्टीलाई महाधिवेशनले नयाँ गति दिने विश्वास नेताहरुले लिएका छन् । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज अघि सारेदेखि पार्टीमा किचलो बढेको थियो ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरुलाई निम्ता गरिएको छ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा।सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललगायतले सम्बोधन गर्ने तय भएको छ ।

एमालेलाई पनि निम्ता गरिएको भए पनि को आउने भन्ने निधो भएको छैन । विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने उद्घाटन समारोहमा बोलाएको छैन । उनी वरिष्ठ उपाध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि निम्ता नगरिएको बुझिएको छ ।

महाधिवेशनमा सहभागी हुने जनमत पार्टीका अध्यक्ष सीके साउत, नेसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एसका नेता घनश्याम भुसाल, कांग्रेस नेता चन्द्र भण्डारी लगायतका नेताहरु पुगिसकेका छन् । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर