नागरिक उन्मुक्तिका प्रतिनिधिसभा सदस्य चौधरी प्रहरी नियन्त्रणमा – Nepal Press

नागरिक उन्मुक्तिका प्रतिनिधिसभा सदस्य चौधरी प्रहरी नियन्त्रणमा

नेपालगञ्जबाट जहाजमा काठमाडौं ल्याएर धनगढी लैजाने तयारी

रूपन्देही । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । बाँकेमा पक्राउ परेका उनलाई कैलाली लैजाने तयारी गरिएको छ ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार सांसद चौधरीलाई नेपालगञ्जबाट काठमाडौं ल्याएर धनगढी लैजाने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर