मिनभवनबाट हराएका ११ वर्षीय अभिषेक कोटेश्वरमा भेटिए – Nepal Press

मिनभवनबाट हराएका ११ वर्षीय अभिषेक कोटेश्वरमा भेटिए

काठमाडौं । नयाँ बानेश्वरको मिनभवनस्थित पानी ट्यांकी छेउबाट हराएका बालक फेला परेका छन् । सोमबार बिहानदेखि हराएका ११ वर्षीय अभिषेक तामाङ मंगलबार दिउँसो कोटेश्वरमा भेटिएका हुन् ।

सोमबार बिहान करिब ७ बजे तिर अचानक हराएका अभिसेक आज दिउँसो कोटेश्वरबाट सकुशल भेटिएको दिदी सम्झना तामाङले बताइन् ।

कमर्श क्याम्पसअगाडिको गल्लीको एक घरमा दाइ निमा तामाङसँगै बस्दै आएका दोलखाका अभिसेक कसैलाई नसोधी कोठाबाट निस्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *