प्रदेशका दश हजार युवालाई तालिम दिने बागमतीका श्रममन्त्री श्रेष्ठको घोषणा – Nepal Press

प्रदेशका दश हजार युवालाई तालिम दिने बागमतीका श्रममन्त्री श्रेष्ठको घोषणा

हेटौंडा । बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले १० हजार युवालाई स्वरोजगारमूलक तालिम दिएर दक्ष जनशक्ति बनाउने बताएका छन् ।

मकवानपुरको बकैया गाउँपालिकामा बकैया जेसिस तथा महेन्द्र मावि छतिवनको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेशका १३ जिल्लाका १० हजार युवालाई पहिलो चरणअन्तर्गत सीपमस्लक तालिम दिएर दक्ष बनाइने बताएका हुन् ।

उनले भने, ‘हामीसँग जनशक्ति त छ तर, दक्ष जनशक्तिको अभावमा छिमेकबाट आएका कामदारहरुको सहायक बनेर बस्नुपर्ने, विदेशमा श्रमको लागि जाँदा पनि दक्ष नहुँदा निकै निम्नस्तरको तलबमात्र पाउनुपर्ने बाध्यता रहेको छ ।’

मन्त्री श्रेष्ठले आफू प्रदेशका श्रमिकहरुको समस्या समाधान गर्नेतर्फ लाग्ने बताउँदै श्रमिकको पक्षमा आफूहरु सधैं चनाखो र सचेत रहेको जानकारी दिए ।

श्रमिकलाई उनीहरुको क्षमता र योग्यताअनुसारको काम र पारिश्रमिक दिने विषयमा मन्त्रालय स्पष्ट रहेको समेत उनको भनाइ छ ।

आफू झण्डावाला गाडी चढ्नमात्र मन्त्री नबनेको जिकिर गर्दैै मन्त्री श्रेष्ठले जनताले आभाष गर्ने गरी काम गरेर देखाउने बचन दिए ।

प्रदेशको यातायात क्षेत्रको समस्या समाधान, छिटो छरितो सवारी लाइसेन्स वितरण, प्रत्येक जिल्लामा श्रम कार्यालयको स्थापना आफ्नो प्राथमिकतामा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर