सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको आग्रह, विमान दुर्घटनाबारे रुलिङको माग (भिडिओ) – Nepal Press

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको आग्रह, विमान दुर्घटनाबारे रुलिङको माग (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगिन गर्न माग गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएको प्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका छन् ।

उनले भने, ‘सरकार सदनका प्रति उदाशीन, पीडित परिवारप्रति निरपेक्ष र जनताका प्रति कर्तव्यविमुख हुन सक्दैन । अहिले नै सभामुखमार्फत सरकारलाई रुलिङ गरियोस् । सरकारले त्यस विषयमा सदनलाई तत्काल जानकारी गरावस् । सरकारले सदनमार्फत् जनतालाई आश्वस्त पारोस् ।’

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आजको कार्यसूची स्थगित गरेर भएपनि सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरे ।

आज सभामुखको निर्वाचन गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर