राजसंस्थालाई ‘डिपफ्रिज’मा थन्क्याएर राप्रपा लोकतान्त्रिक बाटोमा लाग्यो : कमल थापा – Nepal Press

राजसंस्थालाई ‘डिपफ्रिज’मा थन्क्याएर राप्रपा लोकतान्त्रिक बाटोमा लाग्यो : कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्णयप्रति व्यंग्यात्मक आलोचना गरेका छन् ।

राजतन्त्रको मुल मुद्दा उठान गरेको पार्टीले गणतन्त्र वकालत गर्ने माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्नु रमाइलो विषय भएको थापाको भनाई छ । सामजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै थापाले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिको निम्ति सरकारूलाई समर्थनगर्न प्रम पुष्पकमल दाहालले गर्नुभएको अनुरोध शिरोधार्य गरी सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय रमाईलो लाग्यो । अन्ततः राजसंस्थालाई ‘डिपफ्रिज’मा थन्काएर उहाँहरु पनि लोकतन्त्रको बाटोमा आउनु भयो ।’

केही समय अघिसम्म कट्टर राजावादीको छवि बनाएका थापाले काठमाण्डौँमा सम्पन्न राप्रपा महाधिवेशनमा आफूभन्दा निकै जुनियर नेता राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पराजयको सबै दोष पूर्व राजपरिवारलाई लगाउँदै रापप्रा नेपाल निर्माण गरेका थिए ।

राप्रपा नेपाल निर्माणसँगै उनले राजतन्त्रको मुद्दासमेत त्यागेका थिए । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा एमालेको चुनावचिन्ह ‘सूर्य’बाट चुनाव लडेका उनलाई आफ्नै पूर्वपार्टी राप्रपाले नै पराजित गरिदिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर