प्रधानमन्त्रीले सबै दलको समर्थन पाउँदा सेयर बजारमा भने दोहोरो अंकको गिरावट – Nepal Press

प्रधानमन्त्रीले सबै दलको समर्थन पाउँदा सेयर बजारमा भने दोहोरो अंकको गिरावट

काठमाडौ । सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुबाटै तलमाथि गरेको बजार अन्ततः २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् ।

बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । आजको बजारमा ७ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा २५४ कम्पनी सामेल थिए । कारोबार रकमका आधारमा ङ्यादी ग्रुप र अपी पावर कम्पनी अग्रस्थानमा छन् । सेयरको मूल्य वृद्धिका आधारमा भने बाराही हाइड्रोपावर र सिंगटी हाइड्रोपावर अगाडि छन् ।

विगत केही महिना वृद्धि हुन नसकेको नेप्से गत पुस १० गते नयाँ सरकार बनेसँगै बढ्न थालेको थियो । पछिल्लो समय निरन्तर बढेको बजार आज भने घटेको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलको समर्थनसहित विश्वासको मत लिने दिन बजारमा भने गिरावट आएको हो ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले सबै दलको समर्थन पाउँदा सेयर बजारमा भने दोहोरो अंकको गिरावट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर