राष्ट्रपति भण्डारीसँग श्रीलंकाकी राजदूतद्वारा विदाई भेट – Nepal Press

राष्ट्रपति भण्डारीसँग श्रीलंकाकी राजदूतद्वारा विदाई भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष श्रीलंकाकी राजदूत हिमाली अरुणतिलकाले शिष्टचार बिदाई भेट गरेकी छन् ।

आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुनुअघि उनले राष्ट्रपति भण्डारीसमक्ष भेट गरेकी हुन् । भेटमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *