शिनवारिको आक्रमक ब्याटिङमा जनकपुरको विराटनगरलाई १९० रनको लक्ष्य – Nepal Press

शिनवारिको आक्रमक ब्याटिङमा जनकपुरको विराटनगरलाई १९० रनको लक्ष्य

काठमाडौं । सामिउल्ला शिनवारिको आक्रमक अर्धसतक प्रेरित जनकपुर रोयल्सले जारि नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सलाई १ सय ९० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार पारेको छ ।

जनकपुरका लागि शिनवारिले अविजित ७८ रनको इनिङ खेले । उनले ४० बलमा समान ६ चौका र छक्का प्रहार गरे । खडक बोहरा १२ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।

कप्तान ट्रेभोन ग्रिफ्त १९ रनमा आउट हुँदा चादविक वाल्टनले २२ बलमा ३ चौका र १ छक्कासहित २९ रन जोडे । सन्दीप जोरा १८ बलमा ४ चौकासहित २० रन बनाएर पभेलियन फर्किएका थिए ।

विराटनगरको बलिङमा हुसेन टलत र सूर्य तामाङले समान दुई विकेट लिए । टलतले ४ ओभरमा ३३ विकेट र सूर्यले १६ रन खर्चिए ।

यसअघि चार खेलमा समान दुई जित र हारको नतिजमा निकालेका विराट्नगरको ४ अंकसहित चौथो स्थानमा छ । यस्तै, जनकपुरले पाँच मध्य चार खेल जित्दै ६ अंक जोडेको छ । जनकपुर तालिकाको दोस्रो स्थानमा छ ।

आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अलस्टार्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा ७ खेल खेल्दा दोस्रो जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *