विभागीय अनुमतिबिना नेता र कुटनीतिज्ञ नभेट्न सुरक्षा अधिकारीलाई सशस्त्र प्रहरीको निर्देशन – Nepal Press

विभागीय अनुमतिबिना नेता र कुटनीतिज्ञ नभेट्न सुरक्षा अधिकारीलाई सशस्त्र प्रहरीको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कुटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएलगत्तै सशस्त्र प्रहरी बलले त्यसलाई कार्यान्वयन गर्नका आचरणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गरेलगत्तै सशस्त्र प्रहरील बलले उक्त निर्णय कार्यान्वयन गर्नका लागि आदेश जारी गरेको हो ।

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागीय स्विकृति लिएर त्यस्ता भेटघाट गर्न निर्देशन दिएको थियो । निर्देशन अटेर गरे अनुशासनको कारबाही गरिने गृहले चेतावनी पनि दिइसकेको छ ।

त्यसैअनुसार सशस्त्र प्रहरी बल नियमावली र कुटनीतिक तथा राजनीतिक भेटघाट सम्बन्धी आचारसंहितामा टेकेर स्थायी आदेश जारी गर्दै मातहतका निकायलाई परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरुषोत्तम थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार उक्त आदेशमा कुटनीतिक तथा राजनीतिक भेटघाटमा के गर्न पाउने, के गर्न नपाउने, कसरी भेटघाट गर्ने, सबै उल्लेख गरिएको छ । आफ्ना समस्या चेन अफ कमाण्डअनुसार राख्नुपर्ने र त्यसका लागि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी वा एसपीमार्फत जानुपर्ने व्यवस्था गरिएको एसपी थापाले बताए ।

सुरक्षा अधिकारीले राजनीतिक दलका नेता र कूटनीतिक अधिकारीलाई भेटघाट गर्ने गरेको पाइएको भन्दै कर्तव्य पालनाबाहेकको अवस्थामा स्वीकृति लिनुपर्ने गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको थियो ।

सुरक्षा निकायको सरुवा बढुवामा शक्ति केन्द्रको व्यापक हस्तक्षेप हुने गरेको अवस्थालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो । त्यसका लागि सुरक्षा अधिकारी राजनीतिक दलका नेता निकट देखिने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर