नेपाल टी-२० : करणको आक्रामक ब्याटिङमा फारवेस्टले जनकपुरलाई दियो १७० रनको लक्ष्य – Nepal Press

नेपाल टी-२० : करणको आक्रामक ब्याटिङमा फारवेस्टले जनकपुरलाई दियो १७० रनको लक्ष्य

काठमाडौं । करण केसीको आक्रामक ब्याटिङमा जारी नेपाल टी-२० लिगमा फारवस्टर्न युनाइटेडले जनकपुर रोयल्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रनको योगफल तयार गर्यो ।

फारवेस्टका करण केसीले आक्रामक इनिङ खेले । उनी १६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४४ रनमा अविजित रहे ।

भिम सार्की ३० बलमा १ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर देव खनाल २२ रन र हसिम अन्सरि ११ रनमा आउट हुँदा कप्तान हर्समतुल्लाह शाहिदी १० रन र विनोद भण्डारीले १२ रन बनाएर पभेलियन फर्किएका थिए । हरिशंकर शहले १३ रन योगदान गरे ।

जनकपुरको बलिङमा ललित राजवंशीले सर्वाधिक २ विकेछ लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।

पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले पराजित भएको फारवेस्टले दोस्रो खेलमा काठमाडौं नाइट्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनीसँगै सुपर ओभरमा पराजित भएको थियो ।

यस्तै, पहिलो खेलमा पोखरालाई ५ विकेटले पराजित गरेको जनकपुरले दोस्रो खेलमा विराटनगरलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा जनकपुर काठमाडौंसँग ५३ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *