नेपाल टी–२० : लुम्बिनी र फारवेस्टबीचको खेल सुपर ओभरमा – Nepal Press

नेपाल टी–२० : लुम्बिनी र फारवेस्टबीचको खेल सुपर ओभरमा

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत लुम्बिनी अलस्टार्स र फार वेस्टर्न युनाइटेडबीचको खेल सुपर ओभरमा हुने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ५ रनको आवस्यकता रहेको बेला फारवेस्टका करण बलिङमा आएका थिए । अन्तिम ओभरको पहिलो स्पेलमा करणले विकेट लिएका थिए ।

दोस्रो बल वाइड फालेका करणले तेस्रो, चौथो र पाँचौ बलमा रन दिएनन् , अन्तिम बलमा क्रिजमा रहेका गुलसन झा र सागर ढकालले दुई रन लिएपछि खेल अन्तिम बलमा रोमाञ्चक बराबरी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर