नेपाल टी- २० : जनकपुरविरुद्ध काठमाडौंको सानदार जित – Nepal Press

नेपाल टी- २० : जनकपुरविरुद्ध काठमाडौंको सानदार जित

काठमाडौं । जनकपुर रोयल्सलाई ५३ रनले पराजित गर्दै काठमाडौं नाइट्सले जारी नेपाल टी–२० लिगमा दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा शीर्ष क्रमका ब्याटर एलेक्स ब्लेकको बिस्फोेटक ब्याटिङमा काठमाडौंले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५५ रनमा सीमित भयो ।

जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन जोडे । उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा १२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडेर पभेलियन फर्किएका थिए । पवन सरार्फ २४ रन, सरार्फुदिन असरर्फ १९ रन र मोहमद आदिल अलाम १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंको बलिङमा अज्मतुल्लाह ओमारजाईले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । वसिर अहमदले ४ ओभरमा २७ रन खर्चिदै २ विकेट लिए । अनिल खरेलले ४ ओभरमा १ मेडन राख्दै एक विकेट लिए । यस्तै, सुनम गौतम र अविनास बोहराले पनि समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैै २ सय ८ रनको विशाल योगफल तयार पारेको थियो ।काठमाडौंका लागि ओपनर विरन्दीप सिंह ३४ बलमा ७ चौका र २१ छक्कासहित ४९ रन र लोकेश बम ८ बलमा २ चौका र १ छक्कासहित ८३ रन बनाएर आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका एलेक्स ब्लेकले काठमाडौंको इनिङ सम्हालेका थिए ।

उनले जितेन्द्र मुखियाको बलमा क्याच आउट हुनु अघि ४३ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै काठमाडौंका लागि सर्वाधिक ८३ रनको योगदान गरे । ब्लेकले अज्मतुल्लाह ओमारजाईसँग ४३ रनको साझेदारी गरे ।

ओमारजाईले १५ बलमा १ चौका र ४ छक्कासहित ४३ रनको अविजित इनिङ खेले । जनकपुरको बलिङमा पवन सर्राफले दुई विकेट लिए । सोेमपाल कामी, जितेन्द्र मुखिया, शरार्फुदिन असरर्फ र मोहमद आदिल आलमले समान १ विकेट लिए ।

पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराएको काठमाडौं दोस्रो खेलमा फार वेस्र्टन युनाइटेडसँग ४ विकेटले पराजित भएको थियो ।
यस्तै, जनकपुरले पहिलो खेलमा विराटनगर सुपर किङ्सलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ५ विकेटले हराएको थियो ।

आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले पोखरालाई तीन विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको थियो । काठमाडौंले अर्को खेलमा शुक्रबार लुम्बिनीसँग र जनकपुरले बिहीबार फार वेस्र्टन युनाइटेडसँग खेल्नेछ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *