एक्सनमा अर्थमन्त्री पौडेल : छलफलका लागि आन्दोलनरत व्यवसायीलाई मन्त्रालय बोलावट – Nepal Press

एक्सनमा अर्थमन्त्री पौडेल : छलफलका लागि आन्दोलनरत व्यवसायीलाई मन्त्रालय बोलावट

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत व्यवसायीलाई मन्त्रालयमा छलफलका लागि बोलाएका छन् ।

ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीसँग पौडेलले छलफल गर्न लागेका हुन् । अर्थमन्त्री बनेको भोलिपल्टै वार्ताबाट समाधान निकाल्नेगरी उनले गृहकार्य थालेका छन् । पदभार ग्रहण गर्दैगर्दा पौडलले संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गरेका थिए । साथै अर्थमन्त्रालय र मातहतका निकायमा अनलाईन प्रणाली लागू गर्ने निर्णयसमेत गरेका थिए ।

पहिलो मन्त्रिपरिषद् बैठक अर्थतन्त्र सुधारमा केन्द्रित थियो । हिजोको बैठकले अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरिसकेको छ ।

त्यस्तै राजस्वको लक्ष्य प्राप्त गर्न चुहावटलाई कडाइका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनरसंरचना गर्ने निर्णय गर्दै राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रूपमा घनिभूत गराउने पनि निर्णय गरिएको छ ।

ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरू (नेपाल उद्योग वाणिज्य महासंघ) को टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेका छन्। आजैमात्र केही व्यवसायीले अर्थमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर