न्युक्यासल दोस्रो स्थानमा उक्लियो – Nepal Press

न्युक्यासल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो ।

जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।

विश्वकप पछि समेत न्युक्यासल पुरानै लयमा फर्किएको छ । प्रिमियर लिगमा न्युक्यासलको अपराजित यात्रा छैटौँ खेलमा पुगेको छ ।

१० वर्ष अघि एलान वार्डेवको प्रशिक्षणमा न्युक्यासलले पाँचौँ स्थानमा लिग टुंगाएको थियो । यस वर्ष मात्रै २१ खेल जितेको थियो । सन् १९९५ मा न्युक्सासलले २३ खेल जितेको थियो । सन् १९९५–९६ मा दोस्रो भयो ।

किङ पावर मैदानमा भ्रमणकारी टोली न्युक्यासलले सुरुवातै अग्रता बनाउन सफल भयो । क्रिस वूडले पाएको पेनाल्टी सदुपयोग गर्दै तेस्रो मिनेटमा गोल गरे । सातौंं मिनेटमा म्यागुएल एलमोरोनले दोस्रो गोल थपे । ३२औं मिनेटमा जोइलिन्टोनले तेस्रो गोल गरेका थिए ।

सोमबार रातिका अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, उल्भ्सले एभर्टनलाई २–१ र फुलहमले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो । ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर