राप्रपाका प्रवक्ता भन्छन्- सरकारमा सहभागिताबारे पार्टीमा कुनै छलफल भएको छैन – Nepal Press

राप्रपाका प्रवक्ता भन्छन्- सरकारमा सहभागिताबारे पार्टीमा कुनै छलफल भएको छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले सरकारमा सहभागिताबारे पार्टीमा छलफल भइनसकेको बताएको छ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोगमात्र गरेको प्रष्ट्याएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको हो । सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल भएकै छैन, हामीले कुनै औपचारिक सर्त राखेकै छैनौं ।’

नयाँ सरकार गठनका लागि बनेको सातदलीय गठबन्धनमा राप्रपा पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर