इपिसेन्टर बालकोट (तस्बिरहरू) – Nepal Press

इपिसेन्टर बालकोट (तस्बिरहरू)

काठमाडौं । नयाँ प्रधानमन्त्रीको नाम दिन शीतल निवासले दिएको समयसीमा सकिन साढे २ घण्टामात्र बाँकी हुँदा सत्तागठबन्धनबाट एकाएक सत्ता राजनीतिको केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शीर्ष नेताहरूको ओहोरदोहोर बाक्लिएको छ । गठबन्धन विघटनको नजिक पुगेका बेला ओलीलाई भेट्न गठबन्धनबाहिरका दलका नेताहरू बालकोट पुगेका हुन् ।

ओलीको निवासमा अहिले प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपा संघीय परिषद् अध्यक्ष अशोक राईबीच छलफल भइरहेको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।

छलफलमा एमालेका विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल साथै मा‌ओवादी देव गुरुङ वर्षमान पुनलगायतका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर