बालुवाटरबाट बाहिरनुअघि प्रचण्डले भने- अब गठबन्धन टुट्यो, म बालकोट लागेँ – Nepal Press

बालुवाटरबाट बाहिरनुअघि प्रचण्डले भने- अब गठबन्धन टुट्यो, म बालकोट लागेँ

माओवादी नेताहरूसँग ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्

माओवादी नेताहरूसँग ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएको खुलेको छ । बालुवाटार वार्तामा सहभागी एक नेताका अनुसार कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेका हुन् ।

बैठकमा सहभागी ती नेताले भने, ‘प्रधानमन्त्रीको अडानबाट प्रचण्ड पछि हटेनन् । कांग्रेस कार्य समिति बैठकको निर्णय भन्दै नेताहरूले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताए । प्रचण्डजीले अब गठबन्धन टुट्यो भनेर बालकोट जान्छु भन्दै हिड्नुभयो । अब फर्किने सम्भावना निकै कम छ ।’

कांग्रेसले आफ्नो अपमान गरेको भन्दै प्रचण्डले चित्त दुखाएको नेताहरूले बताएका छन् । उनले माधव नेपालको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै कृतघ्न पात्र रहेछन् भन्दै माओवादी नेताहरूसँग ब्रिफिङ गरेका छन् ।


प्रतिक्रिया

One thought on “बालुवाटरबाट बाहिरनुअघि प्रचण्डले भने- अब गठबन्धन टुट्यो, म बालकोट लागेँ

  1. नेपाली राजनीतिमा सबैभन्दा स्वार्थी, परिवारवाद भन्दा अरु केही नदेख्ने धोखे बाद जन्तु भनेकै प्रचण्ड हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर