गठबन्धनमा संकट : रणनीतिक मूभको पर्खाइमा एमाले – Nepal Press

गठबन्धनमा संकट : रणनीतिक मूभको पर्खाइमा एमाले

सुवास नेम्वाङ भन्छन्- गठबन्धनको निर्णय कुर्दैछौँ

काठमाडौं । सरकार गठनको विषयमा गठबन्धन दलमा भागबण्डा नमिलेको अवस्थामा दोस्रो ठूलो दल नेकपा एमाले रणनीतिक रूपमा मौन बसेको छ ।

गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री नपाए विकल्प खोज्ने चेतावनी दिइसकेका छन् । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाडे गठबन्धनमा नरहने निष्कर्ष निकालिसकेको छ ।

गठबन्धन भत्काउन दाउ कुरेर बसेको एमालेले सरकार गठनको विषयमा केही बोलेको छैन । एमाले उपाध्यक्ष सुवास नेम्वाङ आफूहरू गठबन्धनको निर्णय कुरिरहेको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘हामी गठबन्धनको निर्णय कुरिरहेका छौँ । उहाँहरूले सरकार बनाए हाम्रो शुभकामना छ । उहाँहरूले सक्नुभएन भने हामी पहल गर्छौं ।’

गठबन्धन टुट्ने परिस्थिति देखिएको छ । त्यस्तो अवस्थामा एमालेले कांग्रेस वा माओवादी कसलाई समर्थन गर्छ ? भन्ने जिज्ञासामा उनले आफूहरू सबैसँग संवादमा रहेकाले त्यसबारे कुनै ठोस निर्णय नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर