गठबन्धनलाई गोकुल बाँस्कोटाको सुझाव- देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ – Nepal Press

गठबन्धनलाई गोकुल बाँस्कोटाको सुझाव- देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् ।

देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको गाँठो फुक्ने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाऊमै रमाउने देखिँदैछ। विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केबल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर