राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत चयन – Nepal Press

राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।

राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट संघमा जितेको छ । अघिल्लो चुनावको तुलनामा उल्लेख्य सुधार गरेको श्रेय पाएका लिङदेनले अब पार्टीसँगै संसदीय दलको पनि कमाण्ड सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर