चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टी बन्यो : शंकर पोखरेल (भिडिओ) – Nepal Press

चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टी बन्यो : शंकर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको दाबी गरेका छन् ।

आइतबार एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको भन्दै एमाले धेरै जिल्लामा क्लिन स्वीप गर्ने पार्टी बनेको समेत बताए ।

महासचिव पोखरेलले अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध घेराबन्दी गरिएपनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको जिकिर गरे । उनले चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको भन्दै स्वभाविक रुपमा एमाले भविष्यमा राष्ट्रको नेतृत्व गर्न सक्षम छ भन्ने कुरामा सफलता हासिल गरेको दाबी गरे ।

महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको उल्लेख गरे । उनले सत्ता गठबन्धन सरकार गठन नजिक भएपनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको टिप्पणी गरे ।

महासचिव पोखरेलले सत्ता गठबन्धन राष्ट्रको समस्या र चुनौती सामना गर्ने विषयमा असफल रहेको बताए । उनले पाँच दलीय गठबन्धनको कुनै उदेश्य, लक्ष्य र गन्तव्य नरहेकाले गठबन्धन स्वार्थहरूको झुन्ड भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने टिप्पणी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर