बाजुरामा रोकिएको मत गणना पुनः सुरु


कैलाली । बाजुरामा रोकिएको मत गणना पुनः सुरु गरिएको छ । प्रतिनिधि सभाको मत गणना भइरहेका बेला मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि मत गणना रोकिएको थियो ।
केही घण्टापछि उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि एमालेले विराध गरेको थियो । यता प्रदेश सभामा पनि मुचुल्का भन्दा ३० मत बढि देखिएपछि कांग्रेसले विरोध जनाएको थियो । दुबै पक्षको विरोधपछि रोकिएको मत गणना अहिले दुवै पक्षको सहमति पनि सुरु भएको हो ।
मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएपनि मत गणना हुन सकेको थिए । निर्वाचन आयोगको निर्णय पछि यहाँ हिजोबाट मत गणना सुरु भएको हो । यहाँ एमालेका तर्फबाट प्रतिनिधि सभामा पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका मह महामन्त्री बद्री थापा चुनावी मैदानमा छन् ।
अहिलेसम्म थापा भन्दा पाण्डेको अग्रता बढी छ ।