अर्जेन्टिनालाई हराएको खुसीमा बुधवार साउदीमा सार्वजनिक बिदा – Nepal Press

अर्जेन्टिनालाई हराएको खुसीमा बुधवार साउदीमा सार्वजनिक बिदा

काठमाडौं । कतारमा जारी विश्वकपमा मङ्गलवार अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबले बुधवार सार्वजनिक बिदा दिएको छ ।

साउदीका सबै सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरु साथै सम्पूर्ण विद्यालयहरू बिदा गर्दै दक्षिण अफ्रिकी टिमलाई हराएको विजय उत्सव मनाउन बिदा दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल को निर्देशनमा प्रधानमन्त्री मोहमद बिन सलमानको सिफारिसमा विश्वकप २०२२मा उपाधि दाबेदार अर्जेन्टिनालाई पराजित गरेको खुसीयाली मनाउन बिदा दिइएको हो ।

लुसाइल रंगशालामा विश्वकप अन्तर्गत समूह ‘सी’को पहिलो खेलमा साउदी अरबले अर्जेन्टिनालाई २–१ गोलको नतिजामा पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर