स्याङ्जा चापाकोटमा एमाले-गठबन्धन कार्यकर्ताबीच झडप, हवाई फायर – Nepal Press

स्याङ्जा चापाकोटमा एमाले-गठबन्धन कार्यकर्ताबीच झडप, हवाई फायर

पोखरा । स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ ।

झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले नेपाल प्रेसलाई जानकारी दिए ।

अहिले त्यहाँ सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको छ ।


प्रतिक्रिया

One thought on “स्याङ्जा चापाकोटमा एमाले-गठबन्धन कार्यकर्ताबीच झडप, हवाई फायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *