सर्लाहीमा चुनावको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकको मृत्यु – Nepal Press

सर्लाहीमा चुनावको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका-६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झैझगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको हो । उक्त स्थानमा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएको थियो ।

प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो ।

अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *