अशोक राईको पक्षमा भोट माग्दै ओलीले भने: उहाँ त मेरो उपाध्यक्ष हो (भिडिओ) – Nepal Press

अशोक राईको पक्षमा भोट माग्दै ओलीले भने: उहाँ त मेरो उपाध्यक्ष हो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राई आफ्नो पार्टीको उपाध्यक्ष भएको वेलाको स्मरण गरेका छन् ।

धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमाले पूर्वनेतासमेत रहेका राईलाई व्यंग्यात्यमक शैलीमा आफ्नो पार्टीको उपाध्यक्ष भएको स्मरण गरेका हुन् ।

ओलीले राईतर्फ फर्केर भने, ‘२०४७ साल बैशाख १८ गते धरानमा सम्बोधन गर्दा अशोक राई पनि हुनुहुन्थ्यो यहाँ मसँग । उहाँ त मेरो उपाध्यक्ष नै हो । भीम आचार्यजीसहित अरु साथीहरु हुुनुहुन्थ्यो । त्यसवेला हामी २०४७ सालमा ल्याएको परिवर्तनको खुशीयाली मनाइरहेका थियौं ।’

उनले त्यस वेला वामपन्थी आन्दोलन कमजोर अवस्थामा रहेको स्मरण गरे । उनले एमालेलाई सिध्याउन खोज्नेहरु धेरै भए पनि जनताको मायाबाट मौलाएको समेत जिकिर गरे ।

एमालेका पूर्वनेतासमेत रहेका जसपा नेता राई अहिले एमालेकै समर्थनमा चुनाव लड्दैछन् । एकल जातीय पहिचानसहितको प्रदेशको पक्षमा वकालत गर्दै २०६९ मा उपाध्यक्ष राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेम्जोङसहितका नेताहरुले एमाले छाडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर