चीनसँग केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग बनाउने जसपाको प्रतिबद्धता – Nepal Press

चीनसँग केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग बनाउने जसपाको प्रतिबद्धता

काठमाडौँका चन्द्रागिरिदेखि धुलिखेलसम्मका मेट्रो रेल बनाउने

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, जल, हवाई, रेल र केवल कार सेवाको एकीकृत योजना निर्माण गर्ने योजना अघि सारेको छ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तराई/मधेशका विभिन्न सहरहरूलाई जोडने गरी पूर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी ५ वर्षभित्र काम अगाडि बढाउने प्रतिबद्धता गरेको हो।

काठमाडौँका चन्द्रागिरिदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकाहरूलाई समेटी मेट्रो रेल वा अन्य उपयुक्त वैकल्पिक यातायातको एकीकृत सञ्जाल विकास गर्ने उल्लेख गरेको छ।

सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गर्ने, सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनमा राज्यका लगानी बढाउने, वर्तमान पूर्व–पश्चिम लोकमार्ग लाई स्तरोन्नति गरी ४ लेन बनाउने र काठमाडौँको रिबरोडलाई ५ वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने उल्लेख गरेको छ।

निर्माणाधीन मध्य पहाडी लोकमार्ग र हुलाकी सडकलाई सम्पूर्ण रूपले निर्माण सम्पन्न गर्ने र पुष्पलाल लोकमार्ग र निर्माण कार्य सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्ने घोषणापत्रमा समेटेको छ।

भित्री मधेश कोरिडोरको धरान हेटौँडा लोक मार्गलाई पाल्पाको रामपुरसम्म विस्तार गर्ने, चीनसँग जोडिएका केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर