दुई वर्षभित्र नेपालमा रासायनिक मल कारखाना खोल्ने जसपाको प्रतिबद्धता – Nepal Press

दुई वर्षभित्र नेपालमा रासायनिक मल कारखाना खोल्ने जसपाको प्रतिबद्धता

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले आगामी दुई वर्षभित्र नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रतिबद्धता गरेको छ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै राज्यले किसानहरूका लागि आवश्यक सुविधाहरू जस्तै कृषि ऋण, उन्नत मल, बीउ विजन, प्राविधिक शिक्षा, सिँचाइ, कृषि बजारको व्यवस्था, कृषि सडक आदिको ठोस कार्यक्रम बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको हो।

कृषिसम्बन्धी सम्पूर्ण सेवाहरू आपूर्ति गर्ने कार्यमा सहकारी संस्थाहरूलाई प्राथमिकता दिने र कृषिमा बिमाको व्यवस्था गरी कृषि पेसामा रहेको जोखिमलाई निराकरण गर्ने उल्लेख गरेको छ।

आगामी दुई वर्षभित्र कृषि विकासका लागि नेपालमा रासायनिक मल कारखाना खोल्ने र दुई वा दुईभन्दा बढी किसानहरूको संलग्नतामा चक्लावन्दी गरी सहकारी खेती गर्ने किसानहरूलाई राज्यले प्रोत्साहित बताएको छ।

५ वर्षभित्र किसानको सिँचाइका लागि बिजुलीको सुविधा निःशुल्क उपलब्ध गराउनका लागी पहल गर्ने उल्लेख गरेको छ।

घोषणापत्रमा भनिएको छ, एक गाउँ, एक उत्पादनको नीति लागू गरी कृषि उत्पादन बढाउने । पालिकाभर कृषि बाली बिमा अभियान सञ्चालन गरी प्रकोपजन्य अवस्थाबाट हुने बाली नोक्सानीको शोधभर्नाको प्रबन्ध गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर