एमाले-जसपा गठबन्धन स्थायी प्रकृतिको हुने आधार छन् : अशोक राई – Nepal Press

एमाले-जसपा गठबन्धन स्थायी प्रकृतिको हुने आधार छन् : अशोक राई

धरान । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले एमाले-जसपा गठबन्धन स्थायी प्रकृतिको हुने आधार भएको बताएका छन् ।

बुधबार बिहान धरानको ड्रीमल्यान्ड होटलमा आयोजित पत्रकारसँग सुझाव संकलन कार्यक्रममा राईले गत प्रतिनिधिसभाको चुनावमा कांग्रेस र जसपा गठबन्धन हुँदा प्राकृतिकजस्तो नभएको भन्दै एमाले-जसपा समीकरण प्राकृतिक भएको तर्क गरे ।

एमाले र जसपाको सरकार निर्माणमा समेत समीकरण भएको भन्दै राईले यो तालमेल स्वाभाविक भएको बताए ।

‘नेपालको मिश्रित चुनावी प्रणालीले गर्दा एक्लै बहुमत आउन गाह्रो भएकोले गठबन्धन हुन्छ’, राईले भने, ‘गठबन्धन स्थायी हुन्न । एमाले र जसपाको गठबन्धन स्थायी हुने आधार छन् । त्योतर्फ हाम्रो प्रयत्न हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर