नवौं राष्ट्रिय खेलकुद: पुरुष बास्केटबलको फाइलनमा गण्डकी र एपीएफ भिड्ने – Nepal Press

नवौं राष्ट्रिय खेलकुद: पुरुष बास्केटबलको फाइलनमा गण्डकी र एपीएफ भिड्ने

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबलको फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी प्रदेश र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आर्मीलाई ७०-६६ स्कोरले हराउँदै गण्डकी फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो क्वार्टरमा आर्मीले १६-१९ स्कोरले अग्रता लिएको थियो । दोस्रो हाफमा गण्डकीले ३९-३२ स्कोरका साथ अग्रता लिँदै तेस्रो र चौथोमा क्रमशः ५३-५० र ७०-६६ अंकले जीत हासिल गरेको हो ।

बुधबार नै भएको खेलमा एपीएफ फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ९२-६५ स्कोरले पराजित गरेको हो ।

त्यस्तै थ्री अन थ्रीतर्फ एपीएफले बागमतीलाई २१-१६ स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । दोस्रो खेलमा गण्डकीले आर्मीलाई २०-१७ स्कोरले हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर